राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो र सार्थक संवाद भएको उल्लेख गरेका छन्।
उनले नेपाल र भारतले विगतका सीमितताभन्दा माथि उठेर विकास–कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार दुवै देशबीच रहेको साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी तथा सहज आवागमनलाई प्राथमिकतामा राखेर सहकार्य विस्तार गर्न सकिनेछ। यसबाट आपसी विश्वासमा आधारित साझेदारीलाई अझ मजबुत बनाउन मद्दत पुग्ने उनको विश्वास छ।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल र भारतका नागरिकको साझा समृद्धिका लागि यस्ता सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।
