बजेटमा पोखराः सार्वजनिक बसलाई विद्युतीय साधनले प्रतिस्थापन गरिने

आर्थिक वर्ष २०८३/८४ को पुर्ण बजेटमा उल्लेख भए अनुसार सरकारले पोखराको सार्वजनिक यातायात सेवामा विद्युतीय साधनलाई प्राथमिकता दिएको छ ।

नगरभित्र हाल चलिरहेको पेट्रोलियम पदार्थकृत बसको सट्टा वातावरणीय जगेर्ना हेतु विद्यूतीय बसलाई प्राथमिकतामा राखिएको हो ।

‘पोखरा पर्यटकीय सहर हो, पर्यटन बचाउन पनि इभी गाडी अपनाउन आवश्यक छ’ सांसद पौडेल भन्छन् ‘हरित पोखरा र प्रकृतिलाई बचाइराख्न इभीमा जोड दिइएको हो ।’

यसअघि अर्थमन्त्रीलाई सुझाव दिने क्रममै इभी सञ्चालनबारे कुरा भएको उनले बताए । सार्वजनिक बजेटको ९ नम्बर पेजको २२ औं बुँदामा यसबारे उल्लेख गरिएको छ ।

इ-मोबिलिटी सेवाबारे सांसद पौडेलले गत बैशाख २२ गते पोखराका बस र ट्याक्सी व्यवसायीसँग छलफल गरी सार्वजनिक साधनलाई विद्युतीय रुपान्तरण गर्नेबारे जानकारी दिइसकेका थिए ।

‘शान्त पोखरा, सुन्दर पोखरा’ को परिकल्पनालाई साकार पार्न पेट्रोलियम गाडी र ट्याक्सीहरुलाई बिस्तारै इभीमा परिणत गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै उनले व्यवसायीलाई तयार हुन आग्रह गरिसकेका थिए ।

इभीमार्फत ध्वनी प्रदुषणमा कमी आउने, जलवायू नियन्त्रणमा सकारात्मक प्रभाव पर्ने, ईन्धन आयातामा कमी हुने लगायतका फाइदा रहेको पौडेलको तर्क छ ।

सम्बन्धित समाचार

Exit mobile version