मुस्ताङमा १६ करोड ५५ लाख बराबरको अवैध सामान बरामद, ५ जना पक्राउ

मुस्ताङ । मुस्ताङमा नक्कली कागजपत्र प्रयोग गरी ल्याइएका करिब १६ करोड ५५ लाख रुपैयाँ बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ ।

विद्युतीय चुरोट, जुत्ता र कपडा लगायतका सामान लोड गरिएका तीन वटा सवारी साधन र पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विसं २०८१ जेठ ३ गते मुस्ताङमा भएको कारबाहीका क्रममा ती सामान र सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिए । बरामद गरिएका सामानको अनुमानित मूल्य १६ करोड ५५ लाख रुपैयाँ रहेको प्रहरीले बताए ।

नक्कली कागजपत्रका आधारमा राजस्व छली गरी सामान भित्र्याइएको पाइएपछि प्रहरीले ती सामान नियन्त्रणमा लिएको बताए ।

प्रहरीले ‘राजस्व छली अन्त्य गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने संकल्पका साथ अवैध आयात रोक्न सक्रियता देखाएको जनाए । नियन्त्रणमा लिइएका सामान, सवारी साधन र पाँचै जना व्यक्तिमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिए ।

आपतकालिन अवस्थामा सम्पर्कका लागि प्रहरीले प्रहरी कन्ट्रोलको नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गर्न समेत आग्रह गरे ।

Scroll to Top