तमु धिं नेपालको ४१औं स्थापना दिवसको अवसरमा तमु धिं नेपाल केन्द्रिय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरे ।
‘रक्तदान, जीवनदान’ नाराका महेन्द्रपुलमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी तमु धिं नेपालकी केन्द्रीय सदस्य चिनु गुरुले प्रथम रक्तदाता तमु धिं कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ्गलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।
प्रमुख अतिथि गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै तमु धिं नेपाल स्थापनाको अवसरमा युवा समितिले उदाहरणीय मानवीय सेवाको कार्यक्रम गरेकोमा प्रसंशा गरिन् ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमवहादुर गुरुङले तमुहरु मानवीय र सामाजिक विकासका साथै नेपालमै केही गरौं भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताए ।
रक्त संचार सेवा केन्द्र गण्डकी प्रदेश कार्यालय नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधीक सहयोग रहेको कार्यक्रममा गुरुङ गहना घर लगायत विभिन्न सहयोगीहरुको सहयोग रहेको थियो ।
तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङ्को अध्यक्षता, उपाध्यक्ष सुदर्शन गुरुङको स्वागत र सचिव रामप्रसाद गुरुङको संचालनमा कार्यक्रम भएको थियो।







