सीआइबीद्वारा एनसेलको मुख्यालयबाट कागजात नियन्त्रण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयबाट अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ।

उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि सीआइबीले अनुसन्धान अगाडि बढाइएको प्रशासनले जनाएको छ ।

गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको हो । त्यसअघि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको सिआईबी स्रोतले जनाएको छ ।

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ ।

Scroll to Top