पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगत पोखरा १८ का कृषकहरूलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकरण सहयोग सामग्री अनुदानमा वितरण गरिएको छ ।
कृषकहरूलाई पाँच थान मिनि टिलर, एक थान कम्बाइन मिल, एक थान पल्पिङ्ग मेसिन , १० थान टनेल प्लाष्टिक, दुई थान स्प्रेयर, तीन रोल मल्चिङ्ग प्लाष्टिक २२ जना कृषकहरूलाई एक कार्यक्रम्का बीच पोखरा महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष शिवप्रसाद तिमल्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संयुक्तरुपमा हस्तान्तरण गरे ।
कार्यक्रमममा वडा अध्यक्ष तिमल्सिनाले प्राप्त समाग्रीहरूको अधिकतम उपयोग गर्न आग्रह गरे ।
महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले महानगरपालिले उपलब्ध सीमित साधनस्रोतका बीच कृषकहरूलाई विभिन्न किसिमका सहयोग गरिरहेको बताउँदै त्यसको उपयोग मार्फत उत्पादन बढाउन आग्रह गरे ।







