जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ।
समितिले आर्थिक बर्ष २०८२-८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ।
यसरी अनुगमन गरिएका योजनाहरूमा समिति कास्की र माछापुच्छ्रे गाउँपालिकाको लागत साझेदारीमा निर्माणाधीन वडा ६ को कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना, बराह माबि भेडावारिको स्टेज निर्माण र कैलाश माबि पर्खाल निर्माण योजना, वडा ४ को कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार योजना, वडा ३ शुक्लागण्डकी माबिको सभाहल, मेघराज आधारभुत बिद्यालय सभाहल निर्माण, वडा ५ स्थित निस्पक्ष माबिको सभाहल निर्माण योजना, वडा ८ तारेबराह आहारभुत बिद्यालय भवन निर्माण योजना रहेका छन् ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले बिनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गर्नुभयो। कमजोरी देखिएका केही योजनालाई तत्काल सच्याउन आग्रह गर्दै पौडेलले निर्माण कार्य प्रभाबकारी र निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनी ,साझेदार पालिका र सरोकारवाला उपभोक्ता जागरुक हुन आग्रह गरे ।
अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली, लक्ष्मी दमै, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालसहित इन्जिनियर, प्राविधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।







