‘पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन हुनेछ’ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन हुने बताए ।

बुधबार बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले छानबिन प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिएका हुन् ।

गुरुङ आफैँले आफूमाथि छानबिनको माग गरेको सभापति लामिछानेले उल्लेख गरे । यद्यपि, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

उनले भने, ‘छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ, त्यो कस्तो प्रकारको हुन्छ भन्ने जानकारी तपाईँहरूले पाइहाल्नुहुन्छ । उनले अहिले नैतिकता देखाएर आफूमाथि प्रश्न उठेकाले छानबिन गरियोस् भनेका छन् । त्यसैले चाँडै प्रक्रिया अघि बढ्छ ।’

विवादित व्यवसायी दीपक भट्टसँग अनुचित कारोबारको आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।


Scroll to Top