राजीनामामा उल्लेख त्यो अन्तिम लाइन, जसले खोज्नेछ पत्रकारको ‘स्वेट शेयर’

गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।

बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे।

पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै निष्पक्ष छानबिनका लागि पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको उनले स्पष्ट पारे।

राजीनामाको अन्तिम लाइनमा उनले उल्लेख गरेको ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वेट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ’ भनाइले अबका दिन पत्रकारहरुको पनि हिसाबकिताब हुनुपर्ने ठम्याई छ ।।

Scroll to Top