यसै साता पोखरा आउँदै पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आउने भएका छन् ।

संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा भ्रमणमा निस्कन लागेका हुन् ।

पोखरामा पूर्वराजा विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ ।

Scroll to Top