पोखरा । सहारा क्लब पोखराले पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिनेभएको छ ।
पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कारराशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गतेपोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ ।
शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षरभएको छ ।
सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्टसअवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १०औं संस्करणमा समेत निरन्तरता दिने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुकोप्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहाराक्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धताब्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमापोखरेली फुटवलको इतिहाँसको साछी भएकाले पोखरा स्पोर्टस अवार्ड संग जोडिएर कामगर्न पाउँदा खुसी लागेको बताए ।







