रास्वपाका सांसद खगेन्द्र सुनारले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहलाई धन्यवाद व्यक्त गरेका छन् ।
सभापति लामिछानेले संसदबाट सम्बोधन गर्दै दलित समुदायप्रति राज्यले गरेको दलनप्रति माफी मागेकोमा सुनारले धन्यवाद दिएका हुन् ।
आज बिहानै फेसबुकमा सुनारले लेखेका छन्ः
हजारौं वर्षदेखि पिरमा बसेका दलित समुदायको सम्मानमा सत्तारुढ दलको तर्फबाट पार्टी सभापति रवि लामछानेले शिर झुकाएर माफी माग्दा विश्वभर दलितको शिर उचो भएको छ ! वर्षौंदेखि यही प्रतीक्षामा थिए – कम्तीमा राज्यले स्वीकार गरोस् – माफी मागोस् र दलितको जिन्दगी फेरियोस् !
पार्टी समायोजन गर्दैगर्दा – सभापतिले भन्नुभएको थियो – तपाईले बोकेको मुद्दा अब रास्वपाले बोक्छ, दलितको मुद्दा अब १ नम्बरमा पर्छ ! बाचा पूरा गर्नुभएकोमा सभापती रवि लामछाने र सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह लगाएत सिङ्गो पार्टी पंक्तिलाई धन्यबाद ।
वर्षौंको आन्दोलनले न्याय पाएको महशुस भएको छ ! आगामी तयारी त छँदै छ…!!







