गण्डकीका डा. बगाले भरतपुर अस्पतालमा प्रमुख मेसु नियुक्त

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका डा. विश्व बन्धु बगालेलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको छ ।

गण्डकी प्रदेश आउनु अघि बगाले भरतपुर अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । डा. बगाले बालरोग विशेषज्ञ हुन् ।
उनी ०८१ माघ ७ गते प्रदेशमा हाजिर भएका थिए ।

स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत तहमा अनुभव हासिल गरेका बगाले गण्डकी प्रदेशमा रहँदा स्वास्थ्य क्षेत्र सुधार तथा सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनको नियुक्तिसँगै भरतपुर अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Exit mobile version