काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गरी यौनसम्बन्धी गतिविधि सञ्चालन भएको सूचनाका आधारमा प्रहरीले कडा निगरानी थालेको छ ।
सोही क्रममा प्रहरी टोलीले फायरचोक आसपासका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा २० जना युगाण्डाका महिला नागरिकलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई बाटो हिँड्ने पर्यटक तथा सर्वसाधारणलाई रोक्दै अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सबै महिलालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट १२ दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त लैनचौर मार्फत अनुसन्धान भइरहेको छ ।
पर्यटकीय क्षेत्रको सुरक्षा र शान्ति कायम गर्न यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई अझ कडाइका साथ अगाडि बढने प्रहरीले जनाएको छ ।







