निर्वाचन: बैंकमार्फत मात्र चुनावी खर्च, २५ हजारभन्दा माथि चेक अनिवार्य

पोखरा । निर्वाचन आयोगले यस वर्षदेखि चुनावी खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ। उम्मेदवारले भूगोलअनुसार रु २५ लाखदेखि ३३ लाखसम्म मात्र खर्च गर्न पाउनेछन् भने रु २५ हजारभन्दा माथिको भुक्तानी अनिवार्य रूपमा बैंकमार्फत गर्नुपर्नेछ ।

आयोगका अनुसार हालसम्म ३,४०६ प्रत्यक्ष उम्मेदवारमध्ये ६७१ जनाले छुट्टै चुनावी बैंक खाता खोलिसकेका छन् । बैंकिङ प्रणालीबाट खर्च गर्दा पारदर्शिता र आर्थिक अनुशासन कायम हुने आयोगको विश्वास छ ।

नेपाल राष्ट्र बैंकका अनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेको छ । आयोगले बैंक तथा वित्तीय संस्थासँग छलफल गरी हातहातमा नगद खर्च गर्न नपाइने स्पष्ट निर्देश समेत जारी गरेको छ ।

Exit mobile version