पोखरा । पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।
जितसँगै भारत ६ अङ्कसहित दोस्रो स्थानमा छ । भारत गोल अन्तर सात रहेको छ ।
चार टोली स्हभागि च्याम्पियनसिपमा भुटान बाहिरिएको छ । आजै फाइनल प्रवेशका लागि बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुनेछ ।
नेपाललाई फाइनलमा स्थान बनाउन बङ्गलादेशलाई सात गोलमाथि स्कोरले हराउनु पर्नेछ ।
अघिल्ला दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित शीर्षस्थानमा छ ।
सिङ्गल राउन्ड रोबिनको आधारमा अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधिको लागि भिडन्त हुनेछ ।
