भोलि बन्दिपुरमा रास्वपाको घरदैलो र डुम्रे सचिवालय उद्घाटन

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको उपस्थितिमा भोलि बन्दिपुरमा घरदैलो कार्यक्रम आयोजना हुने भएको छ । 

यसै अवसरमा डुम्रेमा स्थापित हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको औपचारिक शुभारम्भ पनि गरिने बताइएको छ। कार्यक्रम २०८२ साल माघ २२ गते बिहान ८:०० बजेदेखि सुरु हुनेछ ।

बन्दीपुर गाउँपालिका रास्वपाका सभापति शम्भु श्रेष्ठले स्थानीय विकासमा रुचि राख्ने सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ ।

पार्टीले यस कार्यक्रमलाई स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने तथा पार्टीको संगठन विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

 रास्वपाको बन्दिपुर कार्यक्रम तालिका यस्तो छ :-

बिहान ८:०० — डुम्रेमा पार्टी सचिवालय उद्घाटन 

-बिहान ९:१५ — पिप्ले बजारदेखि खेल मैदानसम्म 

-दिउँसो १२:४५ — शेराटारमा भोजन 

-साँझ ५:३० — कुकुर्दी मेन बजारमा अन्तिम कार्यक्रम 

-साँझ ५:५० — कार्यक्रम समापन तथा बन्दीपुर बजार फर्किने

Exit mobile version