टाइगर कप: माल्दिभ्समाथि एपीएफको एकतर्फी जित 

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ । 

अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिष्पर्धा गर्नेछन् । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने छ । 

Exit mobile version