अबुधाबी वार्ताकै बीच रुसको ठूलो आक्रमण, युक्रेनका सहर प्रभावित 

एजेन्सी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता जारी रहँदै रुसले युक्रेनमाथि यस वर्षकै ठूलो आक्रमण गरेको छ ।

सीएनएनका अनुसार एकै रातमा ३७० ड्रोन र २१ मिसाइल प्रहार हुँदा राजधानी किभमा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुग्दा करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको छ ।

खार्किभ, सुमी र चेर्निहिभलगायत क्षेत्र पनि प्रभावित भएका छन्। कडाकेको जाडोमा आक्रमण तीव्र बनाइनु शान्ति प्रयासमाथि गम्भीर प्रश्नका रूपमा हेरिएको छ ।

Exit mobile version