स्पेनमा दुईवटा रेल दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृतक संख्या बढ्न सक्ने बताएका छन् । स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले घटनामा ३० भन्दा बढी गम्भीर घाइते रहेको जानकारी दिएका छन् ।
दक्षिण स्पेनको मालागाबाट म्याड्रिड जाँदै गएको एक उच्च गतिको रेल लिकबाट आउट अर्को ट्रयाकमा पुगेर ठोक्किएको थियो । यो रेल मालागाबाट हिंडेको १० मिनेटपछि कोर्डाबास्थित अडामुजमा पुगेर दुर्घटना भएको रे वे कम्पनीले जनाएको छ ।
यसमा ३ सयजना यात्रु सवार थिए । केही समयपछि, म्याड्रिडबाट हुएल्भा जाँदै गरेको विपरीत दिशामा यात्रा गरिरहेको दोस्रो रेल पनि त्यहीँ आएर ठोक्कियो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशले देशले ‘गहिरो पीडा’ व्यहोर्नुपरेको बताएका छन् । यस घटनाबारे अनुसन्धान हुने उनले बताए । रेलको भग्नावशेषमा फसेका जीवित मानिस र मृतकको शव निकाल्न अफ्टेरो भइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।
यस दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवाहरू स्थगित गरिएका छन् ।
