एमाले युवा परिचालनको कमाण्डरमा थेबे, गण्डकीमा एलसी

नेकपा (एमाले) ले युवाहरूलाई राजनीतिको मूलधारमा जोड्न र पार्टीको नीति तथा विचारलाई गाउँ–गाउँसम्म पुर्‍याउन विशेष ’युवाकेन्द्रित अभियान’ घोषणा गरेको छ । 

पार्टीको पछिल्लो आन्तरिक परिपत्र (अन्तरपार्टी निर्देशन–१) मा युवा परिचालनको मुख्य जिम्मेवारी (कमाण्डर) क्षितिज थेवेलाई सुम्पिएको छ ।
थेवेलाई अभियानको केन्द्रीय संयोजक र समिक बडाललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

युवाहरूलाई मूलधारको राजनीतिबाट अलग गर्ने नियोजित षड्यन्त्रलाई चिर्न र नेकपा (एमाले) नै युवाहरूको भविष्य सुरक्षित गर्ने भरोसायोग्य पार्टी हो भन्ने सन्देश प्रवाह गर्न यो अभियान चलाइएको एमालेको भनाइ छ ।

अभियानलाई प्रभावकारी बनाउन एमालेले सातै प्रदेश र राजधानी प्रदेशका लागि संयोजकहरू तोकेको छः

कोशी प्रदेशः मनोज ताम्ली (संयोजक)
मधेस प्रदेशः मोविन आलम (संयोजक)
बागमती प्रदेशः अमित लामा (संयोजक)
गण्डकी प्रदेशः आरसी लामिछाने (संयोजक)
लुम्बिनी प्रदेशः विमला विक (संयोजक)
कर्णाली प्रदेशः दानसिंह परियार (संयोजक)
सुदूरपश्चिम प्रदेशः कमला बोहरा (संयोजक)
राजधानी प्रदेशः अमन मास्के (संयोजक)

Exit mobile version