पोखरा महोत्सवलाई संघ संस्थाको साथ

पोखरा । १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । 

आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा र्याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन पोखराका संघ संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै १४ औं पोखरा महोत्सवमा समेत झाँकी र्यालीबाट साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । 

पोखरा महोत्सवको आम्दानी सामाजिक कामका लागि भएकाले संघ संस्थाहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेड क्लबले गरेको सामाजिक काममा सहभागीता रहेको समेत गुरुङले बताए ।

त्यस्तै संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने संघ संस्थाको झाँकी र्याली कार्यक्रमले पोखरा महोत्सवको सोभा बढाएको बताइन । 

गुरुङले अघिल्लो वर्ष ३ सय १५ संघ संस्थाले झाँकी र्यालीमा सहभागीता जनाएको वताउदै यस वर्षपनि त्यतिनै संख्यामा संघ संस्थाको सहभागीता रहने अपेक्षा रहेको बताइन ।

सो अवसरमा वोल्दै क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगलेनै पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए ।

क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकार र संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।  

Exit mobile version