लमजुङ । जारी ३३औं त्रिवेणी कपमा ‘ए’ डिभिजन लिगको फाईनलमा एपीएफ र लाङ्दी एफसी भिड्ने भएको छ । बोइज युनाइटेडलाई पराजित गर्दै घरेलु टिम लाङ्दीदेवी एफसी नाल्मा फाइनलमा पुगेको हो ।
बेसिसहरस्थित सहजी रंगशालामा आज (आइतबार) सम्पन्न सेमिफाइनलमा लाङ्दीदेवीले २–० को जित निकालदै फाईनलको यात्रातय गरेको हो ।
एपीएफले पहिलो सेमिफाइनलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लाङ्दीदेवीलाई जित दिलाउन रोहन कार्की र आशिष गुरुङले समान १/१ गोल गरेका हुन । खेलको ३६औं मिनेटमा रोहन कार्कीले लाङ्दीदेवीलाई सुरुआती अग्रता दिलाएका थियो ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिष गुरूङले पेनाल्टी सुटबाट गोल गर्दै लाङ्दीदेवीको सहज जित पक्का दिलाएका हुन ।
फाइनल खेल सोमबार दिउसो १ बजे हुने आयोजकले जनाएको छ । विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किप्परले जनही २५/२५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको म्याद अफ दि म्याचलाई १० हजार रुपियाँ र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ टीमको सहभागिता रहेको थियो।
