पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।
एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई उपाध्यक्षमा चयन गरेको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य सहित विभिन्न सामाजिक संघ संस्थामा पनि सकृय छन ।
हालै सम्पन्न भएको बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरुमा कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ,ईन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरीसकेको थियो ।
