द कन्टेन्डर फाइट : मुख्य इभेन्टमा सुस्मिता विजयी

पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् ।

गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन् । उनको यो एक वर्षमा नवौं उपाधि हो । तेक्वान्दोकी खेलाडी समेत रहेकी सुस्मिताले एक वर्षमा ९ वटा प्रोफेसनल फाइन जितेकी छन् ।

जुन प्रोफेसनल फाइटरले विरलै बनाउने गर्छन् । यस्तै एमएमए मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए ।

प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको थियो ।

भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका थिए ।

मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केज फाईट सफल भएको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले सुनाए ।

Exit mobile version