सुष्मिता ‘प्रो–फाइट’ च्याम्पियन,जितिन ५० हजार 

पोखरा । पोखराकी सुष्मिता थापा मगर मुआथाईको व्यवसायिक प्रो–फाइट (WBC) च्याम्पियन बनेकी छिन। 

सुष्मिताले काठमाण्डौमा शनिबार बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न महिलातर्फको उपाधि जितेकी हुन् । 

उनीले नेपालकै उत्कृष्ट महिला प्रोफाइटर रोजिना विष्टलाई हराएर च्याम्पियन बनेकी हुन । 

सुष्मिताले उनीलाई पाँच राउण्ड नै हराउन सफल भईन । 

रोजिना नेपाली मुआथाई  प्रो-फाइटमा राष्ट्रिय-अन्तराष्ट्रिय फाईट खेलीसकेकी अनुभवी खेलाडी हुन् । सुष्मिताले उनै रोजिनाले हराउन सफल भएकी हुन । 

उनीले च्याम्पियन बने संगै नगद रु ५० हजार र आकर्षक बेल्ट समेत हात पारिन । 

आइटिएफ तेक्वान्दोकी खेलाडी समेत रहेकी उनी हाल पोखरा साक–यान्त मुआथाई प्रशिक्षणमा प्रशिक्षणरत रहेकी छन् । 

सुस्मिताले जितेको यो प्रो-फाइट उपाधि नेपाली व्यवसायिक मुआथाई फाइटकै उच्च रहेको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए ।

हाल गण्डकी विश्वविद्यालयमा खेलकुद विषयमा स्नातक तहमा अध्ययनरत सुस्मिता नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आयोजन गर्ने पोखरा स्पोर्टस अवार्ड २०८० को वर्ष उत्कृष्ट महिला खेलाडी समेत हुन । 

Exit mobile version