काठमाडौ । आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिता थापा मगरलाई प्रो मुआथाईमा पनि सफलता मिलेको छ ।
काठमाण्डौमा सम्पन्न सिजिजि फाइट नाइटको मेन इभेन्टमा विभागिय एपिएफ क्लबकी प्रो फाइटर अनिषा तामाङलाई हराउँदै शुष्मिता मुआथाई च्याम्पियन बनेकी हुन् । उनले यो संगै दुई फाइटमा ब्याक टु ब्याक च्याम्पियन भएकी छन् ।
आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिताले केवल ४ महिनाको मुआथाई प्रशिक्षण मै यो सफलता मिलेको प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए ।
गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत रहेकी शुष्मिताले राष्ट्रिय आइटिएफ प्रतियोगिताको ७औं, ८औं र ९औं मा लगातार तीन पटक स्वर्ण पदक जित्दै रेकर्ड बनाएकी छन् ।