रेबानको सडक महोत्सव तयारी पुरा, ३ किलोमिटरमा झुम्नेछन् आगन्तुक

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आईतबारदेखि रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) को सडक महोत्सव शुरु हुने भएको छ।

पुस १७ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा खानाका परिकारहरु पस्कने छन् ।

आयोजकका अनुसार लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु पाक्नेछन् ।

कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

उनले भने,‘महोत्सव संस्कृतिजस्तो बनेको छ । यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्राण्डिङमा पनि सघाउने छ ।’

Exit mobile version