माइतीघरमा मिराज समूहको नारा: ‘प्रधानमन्त्री सुशीला कार्की राजीनामा दे’

मिराज ढुंगानाको जेनजी समूहले आज काठमाडौँको माइतीघरमा सरकारको विरोधमा आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । माइतीघरमा मिराज ढुंगानासँगै निकोलस भुसालको समूह देखिएको छ ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । प्रहरीले भर्खरै मिराज र भुसालसहित केही युवालाई नियन्त्रणमा लिएको खबर आएको छ ।

Exit mobile version