गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ११ वटा अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको राजनीतिक भागबन्डाका आधारमा अस्पताल व्यवस्थापन समितिको नेतृत्व चयन गरेको हो।
सरकारले गरेको निर्णयअनुसार नेपाली कांग्रेसको कोटाबाट ६ र एमालेको कोटाबाट ५ जना अध्यक्ष नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे (कांग्रेस) र स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक (एमाले) सहितको सरकारले दलीय सन्तुलन मिलाएर यी नियुक्तिहरू गरेको हो।
कसको भागमा कुन अस्पताल?
सहमतिअनुसार कांग्रेसको भागमा मध्यविन्दु, लमजुङ, दमौली, पर्वत, मुस्ताङ र बुर्तिवाङ अस्पताल परेका छन्। त्यस्तै, एमालेले धौलागिरी प्रादेशिक, बेनी, मनाङ, स्याङ्जा र लेखनाथको जनरल तथा सरुवा रोग अस्पतालको नेतृत्व पाएको छ।
नवनियुक्त अध्यक्षहरूको सूची:
- धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ: श्रीप्रसाद शर्मा
- मध्यविन्दु अस्पताल, नवलपुर: बालकृष्ण घिमिरे
- लमजुङ अस्पताल: विजय गुरुङ
- पर्वत अस्पताल: यामबहादुर नेपाली
- दमौली अस्पताल, तनहुँ: कमलामोहन वाग्ले
- मुस्ताङ अस्पताल: तेन्जिङ थकाली
- बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङ: कमल भुषाल
- जनरल तथा सरुवा रोग अस्पताल, लेखनाथ: ऋषिराज जम्मरकट्टेल
- स्याङ्जा अस्पताल: डिलकुमार भुजेल
- बेनी अस्पताल, म्याग्दी: डेकबहादुर बानियाँ
- मनाङ अस्पताल: अर्विण गुरुङ
