नीति तथा कार्यक्रममा ‘स्वास्थ्य’लाई प्राथमिकता, यस्ता छन् ७ महत्वपूर्ण योजना

नयाँलिपिः गण्डकी प्रदेश सरकारले प्रदेश सभाको आठौं अधिवेशनमार्फत बुधबार आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश सभाका प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई परिमार्जित र विस्तृत विकासमा जोड दिएको पाइएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण अध्ययनपश्चात् सातवटा महत्वपूर्ण बुँदालाई छोटकरीमा जानकारी दिन खोजिएको छ ।

यस्ता छन् ७ योजनाः

१. पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश ।

२. मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन।

३। मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्धिक एवम् अटिजम सम्बन्धी उपचार केन्द्र स्थापना गरिनेछ ।

४. नव शिशु मृत्युदर घटाउन तीनवटै प्रादेशिक अस्पताल र लमजुङ अस्पतालमा नव शिशु सघन उपचार सेवा ।

५. प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा एभी फिस्टुला सेवा निःशुल्क प्रदान गरिनेछ।

६. धौलागिरी, मध्यविन्दु, तनहुँ, स्याङ्जा र बुर्तिवाङ्ग अस्पतालमा इमरजेन्सी ट्रमा केयर युनिटको स्थापना ।

७. प्रदेश मातहतका अस्पताल आवश्यकताका आधारमा स्तरोन्नति गर्दै चिकित्सा विधाका शैक्षिक कार्यक्रम सञ्चालनको सुरुवात गरिनेछ।

त्यस्तै, नीति तथा कार्यक्रममा पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता दिइएको छ भने प्रदेशमा निशूल्क डायलाइसिस सेवालाई निरन्तरता दिइने बताइएको छ ।

यसैगरी, मर्यादित महिनावारीकाहकमा निशूल्क सेनेटरी प्याड उपलब्ध गराउनेलगायतका कार्यक्रम रहेका छन् ।

Exit mobile version