मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सरकार बनाउनको लागि आज साँझ ५ बजेसम्मको समय तोकिएकोमा समयअगावै कांग्रेसका नेता यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

Exit mobile version