शनिबार एभरेष्ट एफएमको रक्तदान, सहभागिताको अपील

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यही शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा विहान ७ बजेदेखि १२ बजेसम्म हुने एफएमले जनाएको छ ।

रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदानमा सहभागी हुन सार्वजनिक अपील गरेको छ ।

१७ बर्ष पुगी ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना पुरा भएका र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल रहेका व्यक्तिले रक्तदान गर्न सक्ने एफएमका प्रमुख/सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ यस पटक पनि हुनेछ ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।

फाइल तस्बिर

Exit mobile version