पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स बिच भिडन्त हुँदैछ ।
अपराह्न पौने ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उर्तने छन् ।
पोखराको टोलीमा आकाश चन्द,सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका पिलरका रुपमा हेरिएको छ ।
सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा मुख्य खेलाडीको रुपमा रहेका छन ।
