पोखरा । नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ ।
तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे र पोखरा शाखाका सिमिरि विमल तिल्सिनाले प्रशिक्षण दिएका थिए ।
जाईकाका प्रतिनिधि मियो सानले समेत प्रशिक्षण दिँदै प्राविधिकरुमा कर्मचारीलाई दक्ष बनाउन सकेमात्र उपलब्धी हुनेमा जोड दिएका थिए ।
तालिम समापन समारोहमा प्रशिक्षक सुरेन्द्रकुमार साहले तालिममा सिकेको सीपलाई सदुपयोग गर्न आग्रह गरेका थिए । सहभागिको तर्फबाट हेम्जा शाखाका कर्मचारी प्रधुम्न बस्नेतले तालिम फलदायि भएको बताएका थिए ।
पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको सभामा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै तालिम शाखा प्रमुख बुद्धरत्न महर्जनले खानेपानी संस्थानले क्रमैसँग विभिन्न तहमा कार्यरत कर्मचारीलाई तालिम प्रदान गरिरहेको बताए ।
महर्जनले उपभोक्तालाई बुझाउन सहज र सरल जनशक्ति निर्माणको लागि तालिम प्रभावकारी हुने उल्लेख गरे ।
पोखरा शाखा कार्यालयको सभाहलमा सम्पन्न तालिमले कर्मचारीलाई टेक्निकल र सुपरीवेक्षणमा सहज पुग्ने बताएका महर्जनले आगामी दिनमा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
तालिममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, बजेट शाखाका प्रमुख दिपेश्वर मण्डल र प्रधान कार्यालयका कर्मचारी निशा प्रधानाङ्ग लगायतले तालिममा सहजीकरण गरेको पोखरा शाखाका कर्मचारी वसन्तराज भण्डारीले जानकारी दिए ।
