२ बोरा लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पत्ति पक्राउ

इटहरी – १२ स्थित नसिब फार्मेसीका सञ्चालक दम्पत्ति २ बोरा लागुऔषधसहित पक्राउ परेका छन् ।

फार्मेसीकोे आडमा लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा सर्च गर्दा सञ्चालक ५० वर्षीय नसिब नारायण चौधरी पक्राउ परेका हुन् ।

त्यसपश्चात् उनीहरुको घरमा छापा मार्दा नसिबका श्रीमति सम्झना चौधरीले २ वटा सिमेन्टको बोरामा ट्रामाडोल नामक लागुऔषध लुकाएको भेटिएपछि प्रहरीले उनीलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनीहरुको फार्मेसी र घरबाट बरामद लागुऔषध १९ हजार ८ सय क्याप्सुल रहेको प्रहरीले जनाएको छ । साथै, सोहीक्रममा प्रतिबन्धित औषधि ४ हजार ट्याब्लेटसमेत बरामद गरिएको छ ।

उक्त सर्च अपरेशन जिल्ला प्रहरी कार्यालय भोजपुर र खनार प्रहरी चौकीको समन्वयमा गरिएको जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रवक्ता एवं डिएसपी चन्द्रबहादुर खड्काले जनाएका छन् ।

चौधरी दम्पत्तिमाथि इप्रका इटहरीले थप अनुसन्धान थालेको छ ।

Exit mobile version