च्याउसरी उम्रिँदै दलः १ सय २२ दर्ता, २८ प्रक्रियामा

हालै नेपाली कम्युनिष्ट पार्टीको नाममा १२ राजनीतिक पार्टीबीच एकीकरण भएको चर्चाको विपरित मुलुकमा च्याउसरी दल खुल्न थालेका छन् ।

जेन-जी आन्दोलनपछि आगामी फागुन २१ गते निर्वाचनको मिति तयसँगै हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगकाअनुसार हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो । आयोगले २८ वटा दलहरू दर्ता प्रक्रियामा रहेका जानकारी दिएको छ।

दर्ता प्रक्रियामा रहेका दलहरूका हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको आयोगले जनाएको छ। । यस अवधिमा सातवटा राजनीतिक दल खारेजीमा पनि परेका छन् ।

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो ।

आयोगको आह्वानअनुसार कुलमान घिसिङ, दुर्गा प्रसाईं र हर्क साम्पाङसहितले पनि नयाँ दल दर्ता गराएका छन् ।

Exit mobile version