बैदाम प्रहरीले देउसी खेलेर मोटरसाइकल किन्यो

कास्कीको वडा प्रहरी कार्यालय बैदामले देउसी खेलेर जुटाएको पैसाले १ थान मोटरसाइकल किनेको छ।

कार्यालय परिसरमा देउसीआयोजना गरेर बैदामले २ लाख २१ हजार ५१४ रूपैयाँ संकलन गरेको थियो ।

उक्त रकममा कार्यालयबाटै थप गरी २ लाख २४ हजार ९७० रूपैयाँमा मोटरसाइकल खरिद गरिएको हो।

खरिद गरिएको मोटरसाइकलले शान्ति, सुरक्षा बहाल गर्न सघाउ पुग्ने प्रहरीले बताएको छ।

Exit mobile version