पोखराको फेवातालमा डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।
आइतबार बेलुकीपख फेवाताल सयरका दौरान डुँगा पल्टिँदा डुबेका उनीहरुलाई रेस्क्यु टिमले तुरुन्तै उद्धार गरेको कालिका गण, पोखराले जनाएको छ ।
कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोली र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
डुबेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
