पहिलो पटक महिला क्रिकेटमा विदेशी प्रशिक्षक खोज्दै क्यान

नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ ।

आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालको घरेलु मैदानमा हुँदैछ । उक्त छनोटको तयारीका लागि क्यानले मुख्य प्रशिक्षक माग गरेको हो।

क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षकको खोजी गरेको छ । बेलाबखत महिला खेलाडीहरुले नै माग गर्ने गरेको विदेशी प्रशिक्षक यसपटक क्यानले नै खोजी गरेको हो ।

क्यानले मुख्य प्रशिक्षकको आवेदन दिन इसिबी/सीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । उक्त कोर्ष गरेका नेपालमा दुई-तिन जना मात्रै छन् । लेभल–३ गरिसकेका विनोद दास क्यानमा छन् भने जगत टमाटाले लामो समय नेपाली टोली सम्हालिसकेका छन् ।

Exit mobile version