२ सय २० वर्षको इतिहासमा सुशीला बनिन् पहिलो प्रधानमन्त्री

नेपालमा प्रधानमन्त्री नियुक्त हुन थालेको २ सय २० वर्षको इतिहासमा सुशीला कार्की पहिलो महिला प्रधानमन्त्रीकारुपमा शपथ ग्रहण गरेकी छिन् ।

१८६३ सालमा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा बनेयता देशमा हालसम्म ४६औं जना प्रधानमन्त्री बनेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका छन् ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

शपथ ग्रहणमा नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिज्ञकोसमेत उपस्थिति रहेको थियो ।

शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले ‘बधाई छ, सफल हुनुहोस्’ भन्दै शुभकामना दिएका थिए ।

अब प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र आम निर्वाचन गर्नु पर्नेसमेत शपथ ग्रहण समारोहमा उल्लेख गरिएको छ ।

यससँगै नेपालको न्यायिक इतिहासमा पहिलो महिला न्यायाधीशकारुपमा पनि कार्कीको नाम सूचीकृत भइसकेको छ ।

Exit mobile version