स्वास्थ्यमन्त्री पौडैलले दिए राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् ।

जेन-जी पुस्ताको आन्दोलन चर्किँदै गएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् ।

मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले केहीबेरमा विज्ञप्ति सार्वजनिक गर्नेछन् ।

यसअघि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

Exit mobile version