नेपालका निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले हाल जेन-जी पूस्ताले गरेको प्रदर्शनलाई समर्थन गर्दै उनीहरुको निशूल्क उपचार गर्ने बताएको छ ।
प्रदर्शनकाक्रममा घाइते भएकाको निशूल्क उपचार गर्ने बताउँदै एशोसियसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले सामाजि उत्तरदायित्व बहन गर्दै निशूल्क सेवा दिने बताएका हुन् ।
एशोसियसनले विज्ञप्तीमार्फत सम्पूर्ण निजी अस्पताललाई निशूल्क सेवा दिन अनुरोध गरेको छ ।
