अफगानिस्तानमा सवारी दुर्घटना : १७ बालबालिका सहित ७३ जनाको मृत्यु 

एजेन्सी । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु भएकामध्ये १७ बालबालिका रहेका छन् । तालिबानका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले दुर्घटनामा परेका अधिकांश मानिसहरू इरानबाट निष्काशन गरिएका अफगानी प्रवासीहरूलाई लगिँदै गरेको बसमा सवार थिए ।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले काबुल जाँदै गरेको बसमा आगो लागेको बताएका छन् ।

बसमा सवार सबै यात्रुको मृत्यु भएको र बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुई जनाको पनि मृत्यु भएको छ ।

पछिल्ला केही महिनायता द्वन्द्वका कारण भागेर आएका अफगानी नागरिकलाई इरानले आफ्नो देशबाट निकाल्ने प्रक्रिया अघि बढाएको छ । 

सन् १९७० को दशकदेखि लाखौँ अफगानी नागरिक इरान र पाकिस्तान भागेका थिए ।

Exit mobile version