गुड फ्राइडेमा पढौं, बाँडौं, प्रेरणा अभियान

पोखरा । विद्यालयको पहिचान पठन सस्कृतिलाई बढाउने उद्देश्यले पोखरा लर्नस एकेडेमीले हरेक शुक्रबार पुस्तकसँग अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । 

वेष्ट गुड फ्राइडे मनाउने अभियानमा विद्यार्थीलाई पढौं, बाँडौं, प्रेरणा जगाऔं भन्ने अभिप्रायले प्रत्येक कितावमा एउटा कथा नाम दिएर कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई अभियानमा जोडेको हो ।

शुक्रबारको कार्यक्रम उद्घाटन गर्दै पर्यटन विज्ञसमेत रहेका दिपेन्द्र पहारीले आफैले लेखेको केही थान पुस्तक विद्यालयलाई हस्तान्तरण गर्दैै विद्यालयको गतिविधि निकै रचनात्मक रहेको बताए । उनले आजका पुस्तकहरु रोई रहेको भन्दै पुस्तकालय बढाउन विद्यालयलाई आग्रह गरे । 

मोबाईलमा व्यस्त रहने पछिल्लो दैनिकीमा पुस्तक अध्ययन गर्दा हुने फाईदा र बोल्ने कलाको विकासले विद्यार्थी र अभिभावकलाई फाईदा पुग्ने धारणा राखेका थिए ।

विद्यालयका शिक्षक अजिता घिमिरेले सञ्चालन गरेको कार्यक्रममा करिव ६० जना विद्यार्थीले भिन्न भिन्न पुस्तकको चर्चा गरेका थिए । कार्यक्रममा सभापति विद्यालयका प्राचार्य विधान गौतमले किताव पढ्दा नयाँ ठाउँ, विचार र भावना पैदा हुने भएकाले विद्यार्थीलाई निरन्तता दिन आग्रह गरे । 

उनले अभिभावकलाई जन्मदिन मनाउँदा वा कुनै खुसीको पलमा बाबुनानीलाई पुस्तक उपहार दिएर सभ्य र अनुशासित सन्तती निर्माण अभियानमा जोडिन आग्रह गरेका थिए ।

विद्यार्थी आफैले राजेर नेपाली तथा अंग्रेजी माध्यमका पुस्तक पढेर विद्यार्थीले मञ्चबाट छोटकरीमा भाव प्रस्तुत गर्ने कला निकै राम्रो रहेको थियो ।

५२ हप्तामा विभिन्न पुस्तक पढेर आर्जन गर्ने ज्ञानलाई अध्ययनमा बदल्दा जिपिए भन्दा पनि सक्षम जनशक्ति उत्पादनमा विद्यालयको जोड रहेको विद्यालयले जनाएको छ । 

Exit mobile version