पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन् ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षित पुरस्कारद्वारा बिहीबार पोखरामा पत्रकार श्रीषमगर सम्मानित भएका हुन् ।
कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको अनुभव भएको बताए ।
सांस्कुतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश ध्यान दिनु आवश्यक रहेको उनको भनाई छ ।
पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफू यो पेसामा प्रवेश नगरेको उनको भनाई थियो । यो पेसामा कसरी मगर समुदायका व्यक्ति र नयाँ पुस्तालाई टिकाइराख्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने अहिलेको अवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका छन् ।
हाल मगर र गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले कामकाजको भाषाकारुपमा लागू गर्ने निर्णय गरेकाले समुदायगत रुपमा समेत यो विषयलाई चासो दिनुपर्ने बताएका छन् । मगर र गुरुङ समुदायले यो निर्णय लागू गरेर अगाडि बढ्न सके भाषा संरक्षण हुनेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन गर्ने विधयेक पास भएता पनि समुदायगत रुपमा समेत सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।