साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपालले एकतर्फी गोल गर्दे विजयी भएको छ ।
आज(बिहीबार) दिउँसो भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले पराजित गरेको हो ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल गर्दे विजयी भएको हो। नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक/एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७–० ले विजयी भएको थियो । जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ ।