Skip to content
Home » साफ महिला फुटबल : नेपालको सानदार प्रदर्शन

साफ महिला फुटबल : नेपालको सानदार प्रदर्शन

  • by Naya Lipi


साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत आज (बिहिबार) भएको खेलमा नेपालले सान्दार खेल प्रदर्शन गर्दे श्रीलंकालाई ६–० ले पराजित गरेको छ ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो ।

दशरथ रङ्गशालामा जारी साफ महिला फुटबलको आज भएको खेलमा विपक्षी श्रीलंकालाई खेल अवधिभर दबाबमा राख्दै नेपाली चेलीहरुले सान्दार खेल पसक्यो ।
नेपालले सुरुवातबाटै दबाबमा राखेको खेलमा आठौ मिनेटमा सबिता राना मगरले गोलको खाता खोलेकी थिईन।

साबित्रा भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गरिन। खेलको १३ औ र ३६ औ मिनेटमा रेखा पौडेलले गोल गर्दे नेपाललाई पहिलो हाफमा ४ गोलको अग्रता दिलाईन ।

नेपालले पहिलो खेलमा भुटान संंग गोल रहित बराबरीमा खेलेको थियो । दोस्रो खेलमा माल्दिभसलाई ११–० ले पराजित गरेको थियो ।

गएका दुई खेलमा नेपालको गोल मेसिनले मानिने सावित्रा भण्डारी मैदानमा उर्तिएका थिएनन । आज भने उनलाई प्लेइिङ सेटमा नै राखिएकोले खेलको रौनक बढेको देखिन्थ्यो ।

नेपालको जीतमा ५ औ गोल अमिशा कार्कीको नाममा रह्यो । उनले सविताको क्रसलाई गोलमा परिणत गरेकी हुन । खेलमा अन्तिम गोल रश्मि घिसिङले गरिन । उनले अनिता बस्नेतको कर्नरलाई गोल गरेकी थिईन । आजको जित संगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा आइतबार नेपालले भारत संग भिड्ने छ । तस्विर : एन्फा


0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version