Skip to content
Home » वान डे क्रिकेट : अर्जुनको शतकीय प्रदर्शनीले कास्की सेमीफाइनलमा

वान डे क्रिकेट : अर्जुनको शतकीय प्रदर्शनीले कास्की सेमीफाइनलमा

पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छे« क्रिकेट क्लबलाई एस सय २२ रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । कास्कीको जितमा अर्जुन कुमाल नायक बने ।

उनले १५१ रनको उत्कृष्ट पारी खेले । ३२९ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ«े २७.४ ओभरमा ११० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छे«का ओपनर प्रमोद बास्तोलाले २२ रन बनाए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

मनोज कोइराला १४, धिरज अधिकारी ४, आशिष न्यौपाने २३, पुर्णबहादुर जिटी ६, प्रविन ढकाल ५, कविन सापकोटा १८, विजय विक १, दिपेश खत्री १४ र शिखर चालिसे शुन्यमा आउट भए । रितेश बरालले ३ रन जोडे ।

कास्कीका लागि रिजन बस्नेतले ७ ओभरमा २९ रन खर्चदै सर्वाधिक ५ विकेट लिए । विश्वास पराजुलीले ५.४ ओभरमा १८ रन खर्चदै ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्की क्रिकेट क्लबले ५० आभेरमा ४ विकेट गुमाउँदै ३२८ विशाल योगफल तयार ग¥यो । कास्कीका लागि अर्जुन कुमालले १५१ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । अर्जुनले १२८ बलमा १८ चौका र ३ छक्काको मद्धतमा एक शतक र एक अर्धशतक बनाएका हुन् ।

रोहित चन्दले ८८ रनको अविजित पारी खेले । उनले ८६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे । यस्तै अदित्य थापा २२ रनमा नटआउट रहे । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । सोहिले कुँवरले ३३ रनको पारी खेले उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सफल श्रेष्ठ २० रनमा आउट भए ।

उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे भने आयुष संैन्जु १४ रनमा आउट भए । माछापुच्छे«का लागि कविन सापकोटाले ८ ओभरमा ६४ रन खर्चदै २ विकेट लिए । रिटेश बराल र दिपेश खत्रीले समान १÷१ विकेट लिए ।

जितसँगै कास्कीको कुल ४ अंक रहेको छ । कास्की समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो । यस्तै माछापुच्छे«को १ अंक छ । लेखनाथ यस अघिनै बाहिरि सकेको छ ।
प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ । भोलि अरण्याज्योती र राइजिङ क्रिकेट क्लब बिच हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version