केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

पोखरा । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।

तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो ।

पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो ।

५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । कप्तानी रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो ।

सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ ।

समूह चरणको प्रतिठानको खेलको रुपमा रहेको उक्त खेलमा हेटौडाले बाजी मारेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । राम नरेश गिरिले २० रनको अविजित पारी खेले ।

सुभ कंशाकरले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुगे । उनले २० बलमा ४ चौका, ४ छक्का प्रहार गरे । ओपनर गोकुल अधिकारी १७ रनमा आउट भए । युविन बुढाथोकीले ३० रन जोडे । उनले २८ बलमा ४ चौका प्रहार गरे । सुमन सुनार शुन्य र गौरभ खड्का ३ रनमा आउट भए ।

स्याङजाका लागि सुजन गौतमले २ तथा मिलन लुइटेल, सन्दिप खत्री क्षेत्री र अस्विनी रानाले समान १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको स्याङजा १९.५ ओभरमा १७६ रन बनाउँदै अलआउट हुन पुग्यो ।

प्रतियोगिताको चौथो दिन भोलि समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।

Exit mobile version